टेलिकमको नेटवर्कमा समस्या, सम्बन्धित निकायले ध्यान नदिएको गुनासो
बाजुरा । जिल्लाको खप्तड छेडेदह गाउँपालिका आसपासका क्षेत्रहरूमा नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिंएको छ । विशेषगरी गाउँपालिकाको वडा नम्बर ६ नाईना, सुदाडालगायत अन्य विभिन्न बस्तीहरूमा टेलिकमको सेवा अवरुद्ध हुँदा स्थानीय नागरिकहरू सञ्चार सेवाबाट बञ्चित हुन थालेका छन् ।