रास्वपा केन्द्रीय समिति बैठक २ बजे, रवि लामिछानेलाई थुनामै राख्न सर्वोच्चले दिएको आदेशबारे छलफल हुने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक बस्दैछ । बैठक आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।