नेप्सेमा दोहोरो अंकको गिरावटसँगै कारोबार रकम पनि घट्यो

२०८२ भदौ १५ गते

नेप्सेमा दोहोरो अंकको गिरावटसँगै कारोबार रकम पनि घट्यो

काठमाडौँ। साताको पहिलो कारोबार दिन पनि नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से ३१.१७ अंकले घटेर २७४९.८३ विन्दुमा पुगेको छ।

नेप्से परिसूचक घटेसँगै आज कारोबार दिन घटेको छ । अघिल्लो कारोबार दिन ८ अर्ब ९ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको बजार आज ६ अर्ब ६ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

Advertisement:

Ad
Ad

यस दिन सर्वाधिक बढ्ने स्टकमा उपकार लघुवित्त रह्यो जसको सेयर ६.७७ प्रतिशतले बढेको छ । त्यसै गरि सर्वाधिक घट्ने स्टकमा ग्लोबल आइएमइ  सम्मुनत योजना-२ रह्यो जसको शेयरमा नकारात्मक सर्किट लागेको छ । 

कारोबार रकमका आधारमा यस दिन नेपाल रि-इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४५ करोड ४६ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यसै गरी भोल्युमको आधारमा सर्वाधिक कारोबार हुनेमा नबिल ब्यलेन्स्ड फण्ड रह्यो जसको सात लाख ५४ हजार ५ सय १८ कित्ता कारोबार भएको छ।