बजेटमा रहेको 'टेक एण्ड पे’ नीतिलाई हटाएर ‘टेक अर पे’ नीति लागू गर्न उर्जामन्त्री सहमत

२०८२ जेठ २० गते

बजेटमा रहेको 'टेक एण्ड पे’ नीतिलाई हटाएर ‘टेक अर पे’ नीति लागू गर्न उर्जामन्त्री सहमत

काठमाडौँ । उर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले बजेटमा रहेको टेक एण्ड पे’ नीतिलाई हटाएर ‘टेक अर पे’ नीति लागू गर्न अर्थमन्त्रीसँग छलफल चलाउने भएका छन् । आज इप्पान प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री खड्काले ऊर्जा क्षेत्रका चुनौती र सम्भावनाबारे खुलेर छलफल गरेका थिए । भेटका क्रममा उर्जा उत्पादकहरुले उर्जामन्त्री खड्कासँग बजेटमा रहेको टेक एण्ड पे’ नीतिलाई हटाएर ‘टेक अर पे’ नीति लागू गरेमात्र नेपालले लिएको २८हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य साकार हुने ध्यानाकर्षण गराएका थिए ।

 

Advertisement:

Ad
Ad

उक्त ध्यानाकर्षणप्रति आफू सकारात्मक भएको बताउँदै मन्त्री खड्काले अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको ऊर्जा क्षेत्रमा सन् २०३५ सम्म २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यलाई व्यवहारमा उतार्न ‘टेक एण्ड पे’ नीतिलाई हटाएर ‘टेक अर पे’ नीति लागू गर्न आवश्यक रहेको कुरा व्यवहारिक र सान्दर्भिक रहेको बताउँदै अर्थ मन्त्रालयसँग छलफल गर्ने प्रतिबद्धता व्यक्त गरे।

 

मन्त्री खड्काले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्,लगानीकर्ताको विश्वास अभिवृद्धि गर्दै ऊर्जा क्षेत्रमा दीगो सुधार र देशको आर्थिक समृद्धिको ढोका खोल्न सरकार दृढतापूर्वक अघि बढिरहेको छ ।