ट्रम्पमाथि गोली चलाउने व्यक्ति २० वर्षीय थोमस

२०८१ असार ३० गते

ट्रम्पमाथि गोली चलाउने व्यक्ति २० वर्षीय थोमस

एजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली चलाउने व्यक्ति पेन्सिलभानियाका २० वर्षीय थोमस म्याथ्यु क्रुक्स रहेको खुलासा भएको छ । प्रत्यक्षदर्शीका अनुसार गोली प्रहार गर्ने क्रुक्स ट्रम्पको र्‍याली स्थल नजिकै रहेको एउटा अग्लो भवनको छतमा थिए र त्यहीबाट गोली प्रहार गरेका थिए । ट्रम्पले भाषण शुरु गरेको पाँच मिनेटमै उनिमाथि गोली प्रहार भएको थियो ।युएस सर्भिस स्पेसिएल एजेन्ट्सले लगत्तै प्रहार गरेको गोली लागी ती व्यक्ति मारिएका थिए ।

प्रत्यक्षदर्शीहरुले ती संदीग्ध व्यक्तिले हतियार बोकेको विषयमा प्रहरीलाई जानकारी गराएको पनि बताएका छन् ।ट्रम्पलाई मार्ने प्रयासमा ती युवक किन लागे भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ ।

Advertisement:

Ad
Ad