अमेरीकी राष्ट्रपति ट्रम्पले एलन मस्कलाई ग्रेट एलन मस्क भन्दै बनाए डिओजिइ प्रमुख , के हो डिओजीइ ?

२०८१ कात्तिक २८ गते

अमेरीकी राष्ट्रपति ट्रम्पले एलन मस्कलाई ग्रेट एलन मस्क भन्दै बनाए डिओजिइ प्रमुख , के हो डिओजीइ ?

काठमाडौ । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले एलन मस्कलाई विशेष पदमा नियुक्ति दिएका छन् । ट्रम्पले मस्कलाई देशभक्त अमेरीकी नागरिकको संज्ञा दिदै ‘डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसिन्सी’ (डिओजीई) प्रमुख पदमा नियुक्ति दिएका हुन् । मस्क नेतृत्वको ‘डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसिन्सी’ (डिओजीई)मा भारतीय मुलका विवेक राधास्वामीलाई पनि नियुक्ति दिइएको छ । ट्रम्पले विवेक रामाश्वामीलाई ‘देशभक्त अमेरिकी’ भनेका छन् ।

यो पद औपचारिक क्याबिनेट पद  होइन । यसको उद्देश्य सरकारी खर्च कटौती र दक्षता सुधार गर्ने हो ।ट्रम्प खर्च कटौतीका लागि अनावश्यक सरकारी विभाग र एजेन्सीहरुलाई बन्द गर्नुपर्ने  पक्षमा छन् । ट्रम्पको खर्च कटौतीको सारथी एलन मस्क र विवेक रामाश्वामी हुनेछन् ।

Advertisement:

Ad
Ad