२०८१ कात्तिक २० गते
काठमाडौ । विश्व प्रतिक्षित अमेरीकी राष्ट्रपति चयनका लागि आज मतदान हुदैछ । पूर्व राष्ट्रपति तथा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिस बिच प्रतिस्पर्धा हुनेछ । यसैकारण यस पटकको निर्वाचन निकै प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । कमला ह्यारिस अमेरिकाको वर्तमान उपराष्ट्रपति हुन् । ट्रम्पले जेडी भान्सलाई उपराष्ट्रपतिको उम्मेदवार बनाएका छन् । कमला ह्यारिसले मिनेसोटाका गभर्नर टिम वाल्जलाई उपराष्ट्रपतिका लागि उम्मेदवार बनाएकी छन् ।
अमेरिकाका अधिकांश क्षेत्रमा नेपाली समयअनुसार मंगलबार साँझ करिब ४ः४५ बजेदेखि मतदान सुरु भई बुधबार बिहान करिब ६ बजेसम्म चल्नेछ । अमेरिकामा रहेका कूल ५० राज्यमध्ये मुख्य सात एरिजोना, जर्जिया, मिचिगन, नाभडा, नर्थ क्यारालिना, पेन्सलभेनिया र विसकन्सिनलाई स्विङ्ग (मतदाताले अन्तिम समयमा निर्णय गर्ने) राज्यका रुपमा परिभाषित गरिएको छ । यसमध्ये सबैभन्दा बढी ध्यान पेन्सल भेनियामा रहेको छ । पेन्सिल्भेनिया जस्ता केही स्विङ राज्यहरूमा मत गणनामा थोरै भिन्नता आएमा फेरि मतगणना हुने सम्भावना छ ।
प्रतिक्रिया