हात हालाहालको स्थितीपछि जेलेन्स्की र ट्रम्पबीचको वार्ता रद्द, सङ्केत के हो ?

२०८१ फागुन १७ गते

हात हालाहालको स्थितीपछि जेलेन्स्की र ट्रम्पबीचको वार्ता रद्द, सङ्केत के हो ?

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीबीच ह्वाइट हाउसमा भएको भेटवार्ता अप्रिय बनेको छ।संयुक्त राज्य अमेरिकाको भ्रमणमा रहेका युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र उनका अमेरिकी समकक्षी डोनल्ड ट्रम्पबीच ह्वाइट हाउसमा भनाभान भएको छ।

ह्वाइट हाउसस्थित ओभल अफिसमा जेलेन्स्कीले ट्रम्प र अमेरिकी उपराष्ट्रपति जेडी भेन्ससँग चर्काचर्की गरेका हुन्।

Advertisement:

Ad
Ad

ट्रम्पले जेलेन्स्कीलाई 'तृतीय विश्वयुद्ध निम्त्याउन चाहेको'आरोप लगाउँदै युक्रेनले रुससँग शान्ति सम्झौता नगरेमा अमेरिका बाहिरिने चेतावनी दिए।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले आफूले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग सम्झौता नगर्ने बताए।

अमेरिकासँग दुर्लभ खनिज सम्झौता गर्न र रूसको प्रभाव रोक्न वासिङ्टन पुगेका जेलेन्स्कीलाई ट्रम्प र उपराष्ट्रपति जेडी भान्सले युक्रेनले अमेरिकालाई अपमान गरेको आरोप लगाएपछि बैठकमा तनाब बढेको रोयटर्सले उल्लेख गरेको छ।

ट्रम्पले जेलेन्स्कीको अवस्था कमजोर रहेको र युक्रेनसँग कुनै उपाय नभएको टिप्पणी गरेका थिए। जवाफमा जेलेन्स्कीले आफू गम्भीर रहेको बताउँदै रूसप्रति नरम नहुन आग्रह गरे।

बैठकका क्रममा ट्रम्पले जेलेन्स्कीलाई तेस्रो विश्वयुद्ध निम्त्याउन खोजेको आरोप लगाउनुका साथै लाखौं मानिसको जीवनसँग जुवा खेलिरहेको बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

तनावपछि ट्रम्पले वरिष्ठ सहयोगीहरूलाई जेलेन्स्कीलाई बैठक छोड्न निर्देशन दिएको बताइएको छ। यससँगै अमेरिका–युक्रेन खनिज सम्झौतामा हस्ताक्षर भएन।

युरोपेली नेताहरूले सामाजिक सञ्जालमार्फत जेलेन्स्कीलाई समर्थन जनाएका छन्।