२०८३ कात्तिक ३० गते
काठमाडौं । पूर्वी नवलपरासीको कावासोतीमा बस दुर्घटना हुँदा घाइते हुनेको संख्या ३३ पुगेको छ। उनीहरु सबैको पहिचान खुलेको छ ।
सोमबार बिहान ६ः४० बजे कावासोती नगरपालिका–११ लोकाहास्थित पूर्व–पश्चिम राजमार्गमा धनगढीबाट काठमाडौं जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३४७५ नम्बरको बस दुर्घटना भएको थियो। चालकले नियन्त्रण गुमाउँदा बस सडकमा पल्टिएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले जनाएको छ।
बसमा चालकसहित ४१ जना सवार थिए।
प्रतिक्रिया