सुनको मूल्य निरन्तर ओरालो, कति पुग्यो  ?

२०८३ कात्तिक ३० गते

सुनको मूल्य निरन्तर ओरालो, कति पुग्यो  ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य निरन्तर ओरालो लाग्नेक्रम जारी छ । आज (सोमबार) पनि सुनचाँदीको भाउ घटेको छ। आज तोलामा  एक हजार एक सय रूपैयाँ घटेको हो। यसअघि  आइतबार प्रतितोला एक हजार पाँच सय रूपैयाँ घटेको थियो ।


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६९ हजार एक सय रूपैयाँमा किनबेच भइरहेको छ।  आइतबार सुन प्रतितोला दुई लाख ७० हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो।

Advertisement:

Ad

आइतबार प्रतितोला तीन हजार ६ सय रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा तीन हजार पाँच सय २० रूपैयाँमा किनबेच भइरहेको छ।