दशौँ नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको आकर्षण

२०८२ वैशाख २६ गते

दशौँ  नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको आकर्षण

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२५ को दशौं संस्करण काठमाडौंको भुकृटीमण्डपमा सुरु भएको छ । नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय/व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र (टीइपीसी) को सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघको आयोजना एवं ललितपुर उद्योग वाणिज्य संघ र घरेलु तथा साना उद्योग महासंघको सहआयोजनामा वैशाख २५ गतेबाट शुरु भएको मेला वैशाख २९ गतेसम्म चल्ने छ ।

प्रदर्शनीमा नेपालसँगै चीन, बंगलादेश तथा टर्कीका कम्पनीहरूको सहभागिता रहेको छ । मेलामा तयारी पोशाक, लत्ताकपडा, खाद्यान्न, मरमसाला, प्राविधिक उपकरण लगायत विभिन्न वस्तु तथा सेवाका १२० वटा स्टल राखिएका छन् ।

Advertisement:

Ad
Ad