सूर्योदय वोमी लघुवित्तले गर्यो लाभांश घोषणा

२०८१ मंसिर ०५ गते

सूर्योदय वोमी लघुवित्तले गर्यो लाभांश घोषणा

काठमाडौँ।  सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । लघुवित्तको मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले ७ प्रतिशतको दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

लघुवित्तले आर्थिक वर्ष ८०/८१ को मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको छ प्रतिशत बोनस शेयर र एक प्रतिशत नगद लाभांश दिने भएको हो ।

Advertisement:

Ad
Ad

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।