सुनचाँदीको मूल्यमा वृद्धि

२०८२ साउन ०२ गते

सुनचाँदीको मूल्यमा वृद्धि

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को दोस्रो दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको  छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज  सुनको मूल्य २ सय रुपैयाँले बढेको हो ।

Advertisement:

Ad
Ad

बिहीबार १ लाख ९२ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक लाख ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर २ हजार २ सय ८० रुपैयाँमा कारोबार भैइरहेको छ