सुनको मूल्यमा भारी गिरावट, एकैदिन करिब १६ हजार रुपैयाँले घट्यो

२०८१ मंसिर १० गते

सुनको मूल्यमा भारी गिरावट, एकैदिन करिब १६ हजार रुपैयाँले घट्यो

काठमाडौ । सुनको मूल्यमा सोमबार भारी गिरावट आएको छ । आज एकै दिन करिब १६ हजार रुपैयाँले घटेको छ । सरकारले भर्खरै मात्र सुन र चाँदीमा लाग्ने भन्सार महसुल दर घटाएको छ । यसका करण सुनको मूल्यमा भारी गिरावट आएको छ । सरकारले सुनको भन्सार महसुल दर २० प्रतिशतबाट घटाएर १० प्रतिशतमा झारेको छ । यस्तै, चाँदीमा लाग्ने भन्सार महसुल दर १५ प्रतिशतबाट घटाएर १० प्रतिशत कायम गरिएको छ । भन्सार महसुल दर घटेसँगै सुनको भाउ आज एकैदिन तोलामा १५ हजार ९ सय रुपैयाँले घटेको हो । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १ लाख ५१ हजार ३०० रुपैयाँमा झरेको छ । यसअघि, आइतबार छापावाल सुनको भाउ १ लाख ६७ हजार २०० रुपैयाँ कायम रहेको थियो । सोमबार चाँदीको भाउ पनि तोलामा ११५ रुपैयाँले घटेर १ हजार ८ सय ४५ रुपैयाँमा झरेको छ । आइतबार चाँदीको भाउ तोलाको १९ सय ६० रुपैयाँ रहेको थियो ।

Advertisement:

Ad
Ad