भारत भाग्दा भाग्दै पक्राउ परेका पूर्व मूख्य सचिव अर्यालले गर्थे मलेसिया श्रमिक पठाउने भन्दै अवैध असुली

२०८३ मंसिर ११ गते

भारत भाग्दा भाग्दै पक्राउ परेका पूर्व मूख्य सचिव अर्यालले गर्थे मलेसिया श्रमिक पठाउने भन्दै अवैध असुली

काठमाडौँ । मलेसियामा वैदेशिक रोजगारीका लागि नेपाली कामदार पठाउने क्रममा अवैध रूपमा रकम सङ्कलन गरी उक्त रकम मलेसिया पठाएको आरोपमा पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका तत्कालीन सचिव समेत रहनुभएका अर्याललाई प्रहरीले भाग्दै गरेको अवस्थामा मोरङस्थित नेपाल-भारत सीमा क्षेत्रबाट पक्राउ गरेको हो ।

Advertisement:

Ad

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक अनुपमशमशेर जबराले अर्याल पक्राउ परेको पुष्टि गर्दै उनीमाथि थप अनुसन्धान भइरहेको जानकारी दिए ।

मलेसियामा कामदार पठाउने प्रक्रियामा अवैध रूपमा रकम सङ्कलन तथा कारोबार भएको आरोपमा प्रहरीले यसअघि पनि विभिन्न उच्च पदस्थ सरकारी अधिकारी र अन्य व्यक्तिलाई पक्राउ गरिसकेको छ ।

यस प्रकरणमा सीआईबीले तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री द्वय शेरबहादुर कुँवर र रामेश्वरराय यादव, मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुख द्वय उमेश ढुङ्गाना र राजीव पोखरेल तथा तत्कालीन कानुन अधिकृत निर्मला गुरुङलाई पक्राउ गरेको थियो ।

यसै प्रकरणमा कागेश्वरी मनोहरा निवासी ४२ वर्षीय कैलाश खड्का, भक्तपुरको चाँगुनारायण निवासी ४० वर्षीय रवीन्द्र केसी, गोरखाका ४२ वर्षीय प्रवीण तिवारी र सर्लाहीका ४५ वर्षीय रामपुकार तिवारी पनि यसअघि नै पक्राउ परिसकेको सीआईबीका प्रवक्ता जबराले बताए ।

प्रहरीले यस प्रकरणमा संलग्नता र आर्थिक कारोबारका विभिन्न पक्षमाथि अनुसन्धान गरिरहेको जनाएको छ ।