२०८३ मंसिर ११ गते
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र प्रधानन्त्री वालेन्द्र शाहबीच भेटवार्ता भएको छ।
सभापति लामिछानेलाई भेट्न प्रधानमन्त्री शाह बिहीबार दिउँसो बुढानिलकण्ठस्थित उनको निवास पुगेका थिए। दुवै जनाबीच पाँच घण्टा भेटवार्ता भएको रास्वपा प्रवक्ता जगदिश खरेलले बताए।
‘दुवै जनाबीच सभापति निवास बुढानिलकण्ठमा पाँच घण्टा आत्मिय र सौहार्दपूर्ण कुराकानी भएको छ,’ उनले भने।
भेटवार्ताका क्रममा भारत भ्रमणका विषयमा छलफल भएको जनाइएको छ। त्यससँगै आगामी निर्वाचन र तयारीका विषयमा पनि छलफल भएको लामिछानेको सचिवालयले जानकारी दिएको छ।
त्यस्तै, मन्त्री, मन्त्रालय र सरकारका कामकारबाहीबारे पनि छलफल भएका छ। यससँगै अध्यादेश र आगमी संसद् अधिवेशनका विषयमा पनि कुराकानी भएको लामिछानेको सचिवालयले जनाएको छ।
प्रतिक्रिया