पानी सोस्ने र टिकाउ टायल्सको पहिचान बनाउँदै लामिनार टायल्स, सुविधा सम्पन्न एक्सपिरियन्स सेन्टर अव काठमाडौँमा

२०८२ वैशाख २४ गते

पानी सोस्ने र टिकाउ टायल्सको पहिचान बनाउँदै लामिनार टायल्स, सुविधा सम्पन्न एक्सपिरियन्स सेन्टर अव काठमाडौँमा

काठमाडौँ । आधुनिक घर होटल तथा कार्यालयहरु कस्ता हुन्छन ? पक्कै तपाइँ हाम्रो मनमा आउने भनेको चिल्लो सफा भुइँ तथा आकर्षक भित्ता भएका मनोरम संरचना । हो यही चाहनालाई पुरा गर्न लुम्बिनी सेरामिक्स लिमिटेडले बजारमा ल्याएको लामिनार टायल्स बजारमा रुचाइन थालेको छ । सजावट वा सुन्दरताका पारखीहरु मूल्य र किफायतीका हिसावले लेमिनार रोज्न थालेका छन् । 

देशकै पहिलो र एकमात्रै शतप्रतिशत भिट्रिफाइड टायल, लामिनार टायल्सले काठमाडौंमा एस्क्लुसिभ फ्ल्यागसिप एक्सपिरियन्स सेन्टरको शुभारम्भ गरेको छ । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले सोमबार एक समारोहबीच औपचारिक उद्घाटन गरेसँगै नयाँ घर बनाउन वा घरको पुनर्निर्माण गर्न चाहने उपभोक्ता, निर्माणकर्मी, इन्जिनियर र इन्टेरियर डिजाइनरका साथै टायलबारे रुचि र सरोकार राख्ने जोसुकैका लागि उक्त सेन्टरको खुल्ला भएको कम्पनीले जनाएको छ । कम्पनीका ब्राण्ड म्यानेजर शरण अवालले यो टायल्स् फुल्ली भिट्रिफइड अर्थात पानी सोस्ने उच्च क्षमता भएको र टिकाउ भएको कारण पछिल्लो समय बजारमा माग बढेको बताए । 
  
एकै थलोमा रहेर कम्पनीले उत्पादन गरिरहेको सम्पूर्ण संग्रहका साथै नेपाली टाइलको नवीनता प्रविधिको प्रत्यक्ष अवलोकन र अनुभव लिनका लागि अवसर प्रदान गर्ने उद्देश्यका साथ गैरीधारा, उत्तरढोका अगाडि खोलिएको सेन्टरले आम ग्राहकलाई सहजता थप्ने अपेक्षा कम्पनीले लिएको छ ।

Advertisement:

Ad
Ad

विशेषगरी सातवटा संग्रहमा वर्गीकृत ४०० भन्दा बढी अन्तर्राष्ट्रिय स्तरका डिजाइनलाई प्रदर्शित गर्न चार हजार वर्गफिट क्षेत्रफलमा फैलिएको यो सेन्टरले घर तथा व्यावसायिक भवनका भित्री भित्ता तथा भुइँ, सपिङ मल, होटेल, शैक्षिक संस्था, विमानस्थलजस्ता उच्च आवतजावतका क्षेत्र, छत, बाल्कोनी, पोखरी, बाथरुमजस्ता पानीको सम्पर्कमा आउने वा भिज्ने तथा खुला क्षेत्र, क्लाडिङ, फसाड, ड्राइभवे र पार्किङका लागि बाहिरी प्रयोगका क्षेत्रका लागि उपयोगी हुने छ ।

लामिनार टायल्स बर्दियाको गुलरियास्थित अत्याधुनिक १४ बिघा क्षेत्रफलमा अवस्थित लुम्बिनी सेरामिक्स लिमिटेडद्वारा उत्पादित उत्पादन हो । जसको दैनिक उत्पादन क्षमता एक लाख ४० हजार वर्गफिटभन्दा बढी रहेको छ ।