२०८२ वैशाख ०६ गते
काठमाडौ । माछापुच्छ्रे बैंक लिमिटेडले नाफामा आकर्षक बृद्धि गरेको प्रतिवेदन सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको (२०८१/०८२) तेस्रो त्रैमाससम्म बैंकले १ अर्ब १० करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो भनेको गत वर्षको सोही अवधिको तुलनामा २८.८९ प्रतिशत बढी हो ।
गत वर्ष बैंकको नाफा अर्ब भन्दा तल थियो । यसपटक तेस्रो त्रैमासमै अर्बपति क्लबमा पुगेको छ । पछिल्लो समय निरन्तर जसो नाफा खस्किरहेको माछापुछ्रेले तेस्रो त्रैमासमा भने राम्रो नाफा कमाएको विवरण निकालेको हो ।गत वर्षको तेस्रो त्रैमासमा बैंकले ८५ करोड ५४ लाख रुपैयाँ नाफा कमाएको थियो । तर, बैंकको खराब कर्जा साढे ४ प्रतिशत माथि छ । माछापुछ्रेलाई मात्र होइन अधिकांश बैंक खराब कर्जाको चपेटामा परेका छन् । बैंकको खुद ब्याज आम्दानी पनि ३ अर्ब ८४ करोडबाट बढेर ४ अर्ब २५ करोड रुपैयाँ पुगेको छ । खासगरी बैंकको इम्पेरिमेन्ट चार्ज घट्दा र खुद ब्याज आम्दानी बढ्दा बैंकको नाफा बढ्न मदत पुगेको हो ।
तेस्रो त्रैमासको विवरण अनुसार बैंकको प्रतिसेयर आम्दानी १२.६५ रुपैयाँ छ । गत वर्ष यसैअवधिमा ८.९१ रुपैयाँ प्रतिसेयर आम्दानी थियो । प्रतिसेयर नेटवर्थ भने १५६.२० रुपैयाँ छ । बैंकको वितरणयोग्य नाफा ७ करोड ७ लाख रुपैयाँ छ । गत वर्ष वित्तरणयोग्य नाफा ऋणात्मक थियो ।
प्रतिक्रिया