हेटौंडा सिमेन्ट उद्योग सञ्चालनमा आयो

२०८२ वैशाख ०५ गते

हेटौंडा सिमेन्ट उद्योग सञ्चालनमा आयो

हेटौंडा । बागमती प्रदेशको प्रमुख औद्योगिक क्षेत्र हेटौंडा सिमेन्ट उद्योग करिब छ महिनापछि पुनः सञ्चालनमा आएको छ । मर्मत र कच्चा पदार्थको आपूर्तिपछि मंगलबारबाट उत्पादनको तयारी स्वरूप चुनढुंगा प्रशोधन कार्य सुरु गरिएको हो ।

उद्योगका निमित्त महाप्रबन्धक नवीनकुमार कर्णका अनुसार केही दिनभित्रै सिमेन्ट उत्पादन सुरु गरिनेछ । उनले भने, ‘हामीले दैनिक ६ सय क्विन्टल सिमेन्ट उत्पादन गर्ने लक्ष्य राखेका छौं ।’वि.सं. २०३३ मा जडान गरिएका पुराना यन्त्रले उत्पादनमा निरन्तर समस्या आएकाले नयाँ प्रविधि आवश्यक रहेको उनले बताए । यद्यपि, विद्युत महसुल भुक्तानी र कर्मचारीको पारिश्रमिक व्यवस्थापनमै कठिन भइरहेको अवस्थामा नयाँ यन्त्र खरिद असम्भव जस्तै भएको उनको भनाइ छ ।

Advertisement:

Ad
Ad

महाप्रबन्धक कर्णले उद्योगलाई पुनः सबल बनाउन सरकारको विशेष सहयोग आवश्यक रहेको स्पष्ट पारे ।