२०८१ असोज ११ गते
काठमाडौँ । आज असोज ११ गतेबाट प्राइम कमर्शियल बैंक स्थापनाको १७औं वर्ष पार गरी १८औं वर्षमा प्रवेश गरेको छ । आर्थिक मन्दीको चपेटामा परेर अन्य वाणिज्य बैंकहरुको ठिकै पर्फमेन्स रहेको अवस्थामा यो बैंकले राम्रो भोल्यूममा व्यापार गरेर अगाडि बढेको छ । स्थापना कालदेखि हालसम्म सेयर धनी र समग्र सूचकमा अब्बल बैंकको रूपमा रहँदै आएको छ ।
तत्कालिन विराटलक्ष्मी विकास बैंक, कन्ट्री डेभेलपमेण्ट बैंक, कनकाई विकास बैंक र कैलाश विकास बैंक गाभेर अहिलेको प्राइम कमर्शियल बैंकसँग यतिबेलासम्म आइपुग्दा १९४ शाखा, १९ अर्बभन्दा बढी चुक्ता पुँजी सहित ३१ अर्बभन्दा धेरै पूँजीकोष, २ खर्ब १३ अर्बभन्दा बढी निक्षेप र १ खर्ब ९५ अर्बभन्दा धेरै कर्जा दिएको अवस्थामा छ ।
आर्थिक मन्दीका बीच पनि गत आर्थिक वर्षमा बेंकको कर्जा १९ प्रतिशतले ग्रोथमा रहेको थियो भने अन्य आम्दानी पनि ३० प्रतिशतले बढेको थियो। यद्यपि अहिले निजी क्षेत्रबाट कर्जाको माग नभइरहेको अवस्थामा सबै बैंकहरुलाई व्यवसाय बिस्तारको चुनौति रहेको छ ।
कस्ता छन् बैंकका वित्तीय सुचक ?
ग्राहक,सेयर धनी र कर्मचारीको विश्वास आर्जन गरेर अनवरत सेवा दिइरहेको प्राइम बैंकको हिजो बिहीबारसम्मको वित्तीय विवरण अनुसार शेयर मूल्य २६८ रुपैयाँ रहेको छ । त्यस्तै पीई रेसियो १३ दशमलव ७८ प्रतिशत रहेको छ । ईपीएस १९दशमलव ४५ रहेको छ । बैंकको आधार दर ८ दशमलव ४९प्रतिशत रहेको छ भने सीडी रेसियो ८६ दशमलव २ प्रतिशत रहेको छ । बैंकको एनपीएल ४दशमलव ६७ प्रतिशत रहेको छ ।
प्रतिक्रिया