२०८२ साउन १९ गते
काठमाडौँ। साताको दोस्रो कारोबार दिन नेप्सेमा एकल अंकको वृद्धि भएको छ। सोमबार नेप्से परिसूचक १३ .०८ अंकले बढेर २८७२.७० बिन्दुमा पुगेको छ। यस दिन शेयर बजारमा २ करोड ७१ लाख कित्ता शेयर खरिद बिक्रि हुँदा दश अर्ब ८२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन १३ अर्ब ७ करोड रुपैयाँबराबरको कारोबार भएकोमा यस दिन १० अर्ब ९२ करोड २४ लाख ४९ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ।
आज सर्वाधिक बढ्नेमा सिक्लेस हाइड्रोपावर रह्यो जसको शेयरमूल्य ५.७३ प्रतिशत बढेको छ। त्यस्तै पछिल्ला १२ कारोबार दिनदेखि सकारात्मक सर्किट लागिरहेको ट्रेड टावरको शेयरमा आज भने नकारात्मक सर्किट लागेको छ ।
यस दिन सर्वाधिक कारोबार हुनेमा हिमालयन रि इन्स्योरेन्स कम्पनी रह्यो जसको ५५ करोड ९६ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, भोल्युमको आधारमा सर्वाधिक कारोबार हुनेमा ङ्गादि ग्रुप पावर रह्यो जसको आज ७ लाख ३० हजार कित्ता कारोबार भएको छ।
प्रतिक्रिया