शिखर इन्स्योरेन्सद्वारा लाभांश घोषणा

२०८१ माघ १८ गते

शिखर इन्स्योरेन्सद्वारा लाभांश घोषणा

काठमाडौँ। शिखर इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको माघ १५ गते बसेको  संचालक समितीको बैठकले मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले सेयरधनीहरुलाई १०५ बोनस सेयर र कर प्रयोजनका लागि ०।५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

Advertisement:

Ad
Ad

इन्सुरेन्सले हाल कायम २ अर्ब ६५ करोड ४९ लाख ४७ हजार रुपैयाँ चुक्ता पुँजीमा उक्त बोनस सेयर वितरण गर्न लागेको हो ।

२६ करोड ५४ लाख ९४ हजार ७३० रुपैयाँ बराबरको बोनस तथा कर तिर्न १ करोड ३९ लाख ७३ हजार ४०७ रुपैयाँ वितरण गर्ने प्रस्ताव गरिएको छ ।