२०८२ जेठ २६ गते
काठमाडौँ। यस हप्ताको दोस्रो कारोबार दिन शेयर बजार दोहोरो अंकले बढेको छ । यस दिन नेप्से परिसूचक २३.१९ अंकले बढेर २६५३.०९ अंकमा बन्द भएको छ। आज १९१ कम्पनीहरुको शेयर मूल्यमा वृद्धि आएको छ भने ५६ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ । आज नेप्सेमा ३२४ कम्पनीले ८ अर्ब ६८ करोड भन्दा माथिको कारोबार गर्दा १ करोड ७५ लाख कित्ता शेयर किनबेच गरेको छ ।
यस दिन नेप्सेमा सर्वाधिक रकमको कारोबार गर्ने कम्पनीमा राधि विद्युत कम्पनी रह्यो जसको ६२ करोड २८ लाख मूल्य बराबरको कारोबार भएको छ। त्यसै गरी भोल्युमको आधारमा सर्वाधिक कारोबार हुनेमा युनिभर्सल पावर कम्पनी रह्यो जसको ११ लाख ६५ हजार कित्ता कारोबार भएको छ ।
प्रतिक्रिया