२०८१ वैशाख २७ गते
काठमाडौँ । साताको अन्तिम कारोबार दिन शेयर बजारमा एकल अंकको सुधार आएको छ । यस दिन नेप्से परिसूचक ५.६३ अंकले बढेर १९६६.२३ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः ०.२८ प्रतिशतले बढ्न पुगेको हो ।
आज नेप्सेमा १३ उपसमूहमध्य दश उपसमूहको परिसूचक बढेका छन् भने बाँकी ३ उपसमूहका परिसूचक घटेका छन् । बिहिबार सर्वाधिक बढ्ने उपसमूहमा होटल तथा पर्यटन उपसमूह रह्यो जसको परिसूचक ६.९६ प्रतिशतले वृद्धि भएको छ । यसै गरी यस दिन सर्वाधिक घट्ने उपसमूहमा लघुवित्त उपसमूह रह्यो जसको परिसूचक ०.९० प्रतिशतले घटेको छ ।
बिहिबार सर्वाधिक रकमको कारोबार गर्नेमा नेपाल फाइनान्स लिमिटेड रह्यो जसको १६ करोड ९७ लाख १६ हजार रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । त्यस्तै संख्याको हिसाबले सर्वाधिक शेयर कारोबार हुनेमा सोल्टी होटल लिमिटेड रह्यो जसको ३ लाख १८ हजार ४ सय १९ कित्ता शेयर किनबेच भएको छ ।
प्रतिक्रिया