नारदमुनीको जोडबल लागेन, चापागाइँले सम्हाले नेप्सेको सीईओको पदभार 

२०८१ चैत २० गते

नारदमुनीको जोडबल लागेन, चापागाइँले सम्हाले नेप्सेको सीईओको पदभार 

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका चुडामणी चापागाईले आज पदबहाली गरेका छन् । उनलाई भद्रकालीस्थित कार्यालयमा नेप्सेका कर्मचारीहरुले स्वागत गरेका छन् । सोमबारको मन्त्रिपरिषद् बैठकले चापागाईलाई उक्त पदमा नियुक्त गरेको थियो ।

अघिल्लो सोमबार मन्त्रीपरिषद्ले नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा नारदकुमार लुँइटेललाई नियुक्त गरेको भनी सार्वजनिक गरेपनि अर्थमन्त्रालयले लुइँटेलललाई सपथ खुवाएको थिएन । नियुक्तीको समाचारपछि बधाईको आइरो आएपनि उनी नेप्सेको कार्यालयमा हाँजिर हुन भने पाएका थिएनन् । किनकि उनलाई अर्थमन्त्रालयले पदबहालीको लागि सपथ खुवाएको थिएन । यसैबीच सरकारले निर्णय उल्ट्याएर बैठक बसी गएको सोमबार झापाका चुडामणी चापागाईलाई नेप्सेको सीईओका रुपमा नियुक्त गरेको छ । तीनै चापागाइँले आज नेप्सेमा पुगी पद बहाली गरेका हुन् ।

Advertisement:

Ad
Ad

एक हप्ताअघि सरकारको मन्त्रीपरिषद् बैठकले नै गरेको निर्णय एकाएक उल्टिँदा पूँजिबजारका चासोकर्ताहरु छक्क परेका थिए । यद्यपि नारदमुनी शेयरबजार सम्बद्ध नरहेको र अनुभवी नभएको भन्दै टीकाटीप्पणी भने भैरहेका थिए । जुनै पृष्ठभूमिका भएपनि नारदमुनीलाई सर्ट लिस्टमा परेको देख्दा भने माथिल्लोस्तरमै पहुँच पुग्न सफल रहेको मानिएको थियो । लुईटेल यस अघि तारागाउँ विकास समितिको अध्यक्ष तथा सदस्यसचिव थिए । यस्तै नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान ९नाथम०को कार्यकारी निर्देशक समेत भएका थिए ।

नारदमुनीलाई नियुक्त गर्ने सरकारको निर्णय एक हपप्ता पनि टिक्न नसकी दोस्रो निर्णयले चापागाइँ नियुक्त भएपछि भने नारदमुनीलाई कित सरकारले पत्याएन यात नारदमुनीले अर्थमन्त्रालयमा जोडबल पुर्याउन सकेनन् भन्ने तर्कहरु बाहिरिन थालेका छन् ।