२०८१ चैत २८ गते
काठमाडौं । अमेरिकी सरकारको करको नीतिका कारण अमेरिका लगायत एसियाली मुलुकहरुको बुधबारको शेयर बजारमा वृद्धि भएको छ ।बुधबार अमेरिकी शेयर बजारमा १२ प्रतिशतसम्म र एसियालीमा १० प्रतिशतसम्म वृद्धि भएको छ । अमेरिकाले बुधबार ७५ भन्दा बढी देशहरूमाथि लगाइएको पारस्परिक भन्सार शुल्क ९० दिनका लागि रोकेकाले बजारमा वृद्धि भएको अन्तर्राष्ट्रििय सञ्चार माध्यमले जनाएको छ ।
बुधबार अमेरिकाको ठूलो अमेरिकी इन्डेक्स नेस्डेक १२.१६ प्रतिशतले वृद्धि हुन पुगेको थियो भने एस एण्ड पी ५०० मा ९.५२ प्रतिशत र डाओ जोन्समा ७.८७ प्रतिशतले उच्च वृद्धि भएको छ ।
प्रतिक्रिया