२०८२ वैशाख ०३ गते
काठमाडौं । सेयर बजार नेप्से सूचक बुधबार ९.७५ विन्दुले बढेर २६९८.९७ विन्दुमा पुगेको छ । बुधबार ७ अर्ब २६ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । सूचीकृत आधा भन्दा बढी समूहमा वृद्धि भएको छ । २ वटा कम्पनीको भाउ १० प्रतिशतले बढेको छ भने अन्य ३ कम्पनी पनि सकारात्मक सर्किट लेभलमा रहेर कारोबार भएका छन् ।
सेयर बजारलाई प्रत्यक्ष प्रभाव पार्ने बैंक ब्याजदर अहिले निकै न्यून हुनुले पनि नयाँ वर्षपछिको सेयर कारोबारमा वृद्धि हँदै जाने अपेक्षा गरिएको छ ।
यस दिन ३ सय २९ कम्पनीको १ करोड ६६ लाख भन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ५९ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा ङादी ग्रुप पावर अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः राधी विद्युत र बलेफी हाइड्रोपावर परेका छन् ।
प्रतिक्रिया