शेयर बजारमा भारी गिरावट, नेप्से परिसूचक २७ सय विन्दु तल

२०८१ मंसिर २३ गते

शेयर बजारमा भारी गिरावट, नेप्से परिसूचक २७ सय विन्दु तल

काठमाडौँ। साताको पहिलो कारोबार दिन नेप्सेमा भारी अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ४५.९३ विन्दुले घटेर २६८९ अंकमा पुगेको छ । बजार खुलेदेखिनै विभिन्न उतार चढाव बेहोरेको नेप्से अन्ततः १.६७ प्रतिशतले घटेको हो ।

यस दिन नेप्सेका १३ उपसमूहमध्य १३ वटै उपसमूहका परिसूचक घटेका छन् । आइतबार सर्वाधिक घट्ने जीवन बीमा उपसमूह रह्यो जसको परिसूचक ३.०७ प्रतिशतले बढेको छ । त्यस्तै व्यापार उपसमूह २.१३, हाइड्रोपावर उपसमूह १.९८ प्रतिशत, बैंक उपसमूह १.८६ प्रतिशत तथा फाइनान्स १.८४ प्रतिशतले घटेका छन् । यस दिन सबैभन्दा कम घट्ने उपसमूहमा उत्पादन तथा प्रशोधन उपसमूह रह्यो जसको परिसूचक ०.३२ प्रतिशतले घटेको छ।

Advertisement:

Ad
Ad

नेप्से परिसूचक घटेसँगै आज कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन ८ अर्ब ५४ करोड बराबर शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२१ स्टकको ८१ हजार चार सय चार पटकको कारोबारमा ७ अर्ब ३५ करोड बराबरको किनबेच भएको छ । जसमा २७ कम्पनीका शेयर बढेका छन् भने २१४ कम्पनीका शेयर घटेका छन् । त्यसै गरी तीन कम्पनीका शेयर स्थिर रहेका छन् ।

यस दिन सर्वाधिक बढ्नेमा खानी खोला हाइड्रोपावर रह्यो जसको शेयर ९.९८ प्रतिशतले बढेको छ । त्यसै गरी सर्वाधिक घट्नेमा मानुषी लघुवित्त, जोशी हाइड्रोपावर र लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल लिमिटेड रह्यो जसको शेयर समान दश प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा सर्वाधिक कारोबार हुनेमा एनआरएन इन्फ्रास्ट्रकचार एण्ड डेवलप्मेंट कम्पनी रह्यो जसको ३२ करोड ३४ लाख बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, आज भोल्युमको आधारमा सर्वाधिक कारोबार हुनेमा लक्ष्मी उन्नति कोष रह्यो जसको २० लाख ४८ शेयर कित्ता शेयर किनबेच भएको छ।