२०८२ जेठ २५ गते
काठमाडौ ।ग्रामीण विकास लघुवित्त र समाज लघुवित्त वित्तीय संस्था एकआफसमा गाभिने भएका छन् । नेपाल राष्ट्र बैंकले यी दुई लघुवित्तलाई मर्जरको लागि सैद्धान्तिक सहमती दिएको हो । केन्द्रीय बैंकले यी २ लघुवित्तलाई जेठ २२ गते पत्र पठाएर सैद्धान्तिक सहमति दिइएको जानकारी गराएको हो । यी २ लघुवित्तले गत फागुन १८ गते मर्जरमा जाने सम्झौता गरेका थिए ।
दुबै संस्थाले ग्रामीण क्षेत्रका ग्राहकलाई वित्तीय सेवा पुर्याउँदै आएका छन् । मर्जरपछि संस्थाको वित्तीय क्षमता बढ्ने र शाखा सञ्जाल पनि विस्तार हुने अपेक्षा गरिएको छ । ग्रामीण विकास लघुवित्तको दोस्रो बजारमा सेयर मूल्य ७९६ रुपैयाँ प्रतिकित्ता रहेको भने समाज लघुवित्तको २२ सय रुपैयाँ प्रतिकित्ता भन्दा माथि छ । यी दुइ कम्पनीको सेयर मूल्यमा नै निकै अन्तर देखिएको छ ।
समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३९ लाख २१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको यसै अवधिको भन्दा २३.५७ प्रतिशतले कम हो । यता ाग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले भने चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २४ करोड ६८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसै अवधिको तुलनामा १६.८० प्रतिशत धेरै हो ।
प्रतिक्रिया