२०८२ साउन १४ गते
काठमाडौ । सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल हाजिरी जमानीमा रिहा भएका छन् । ठगी र विश्वासघातको अरोपमा पक्राउ परेको अग्रवाल बुधबार काठमाडौ जिल्ला अदालतको अनुमतिमा प्रहरी हिरासतबाट रिहा भएका हुन् । १० दिन हिरासतमा बसेपछि प्रहरीले हाजीर जवानीमा रिहा गरेको हो ।
काठमाडौं प्रहरी परिसरले अग्रवाललाई ५ साउनमा टोखाबाट पक्राउ गरेको थियो । उनको अनुसन्धान जारी छ । प्रहरीले आवश्यक सोधपुछका लागि बोलाएको बेला उनी तुरुन्त हाजिर हुने गरी रिहा भएका हुन् । उनले एकै व्यक्तिबाट करिब साढे ६ करोड रुपैयाँ ठगी गरेको आरोप छ ।
प्रतिक्रिया