सुविधा मनिचेन्जरको लाइसेन्स खारेज

२०८२ चैत ०१ गते

सुविधा मनिचेन्जरको लाइसेन्स खारेज

काठमाडौं । नेपाल राष्ट्र बैंकले सुविधा मनिचेन्जर प्रा.लिको लाइसेन्स खारेज गरेको छ । केन्द्रिय बैंकले एक सुचना जारी गर्दै लाइसेन्स खारेज गरिएको जानकारी दिएको छ ।

नेपाल राष्ट्र बैंक, मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम १९ को उप विनियम (३) मा भएको व्यवस्था बमोजिम तोकिएको समयमा नवीकरण नगरेकाले इजाजतपत्र रद्द गरिएको केन्द्रिय बैंकले भनेको छ । सुविधा मनि चेन्जर प्रा.लिको  कार्यालय मेचीनगर नगरपालिका–०६ झापा मा रहेको छ ।  

Advertisement:

Ad
Ad