सार्वजनिक विदामा पनि बैंक खुला गर्न राष्ट्र बैंकको निर्देशन

२०८३ भदौ ११ गते

सार्वजनिक विदामा पनि बैंक खुला गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंक हालैको बाढीको कारणबाट प्रभावितहरुलाई राहत वितरण तथा उद्धार कार्यमा सघाउ पुर्याउने उदेश्यले १२ गते देखि १४ गतेसम्म परेको सार्वजनिक विदामा पनि बैंक खुला गर्न निर्देशन दिएको छ । 


विहिबार क, ख र ग वर्गका बैंकहरुलाई एक सुर्कलर जारी गर्दै अत्यावश्यक बैंकिङ सेवा सुचारु हुने व्यवस्था मिलाउन भनेको छ ।

Advertisement:

Ad
Ad

 केन्द्रिय बैंकले भनेको छ, ' २०८३/०५/१२ देखि २०८३/०५/१४ सम्म अत्यावश्यक बैंकिङ सेवा सुचारु हुने व्यवस्था गरी सोको जानकारी उपयुक्त माध्यमबाट सरोकारवालाहरुलाई गराउनुहुन यो सूचना जारी गरिएको छ ।'