सरकारले माग्यो सहकारी प्राधिकरणको अध्यक्षमा आवेदन, के चाहिन्छ योग्यता ?

२०८२ जेठ ११ गते

सरकारले माग्यो सहकारी प्राधिकरणको अध्यक्षमा आवेदन, के चाहिन्छ योग्यता ?

सरकारले माग्यो सहकारी प्राधिकरणको अध्यक्षमा आवेदन, के चाहिन्छ योग्यता ?

काठमाडौं । सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष पदका लागि आवेदन माग गरेको छ । अध्यक्षसँगै केही विज्ञ सदस्यको पनि माग गरिएको छ । अध्यक्ष तथा विज्ञ सदस्यको लागि जेठ २५ गतेसम्म आवेदन दिन सक्ने छन् । अध्यक्षका लागि अर्थशास्त्र, वाणिज्य , व्यवस्थापन, लेखा , कानून वा सहकारी विषयमा स्नातकोत्तर तहको शैक्षिक उपाधी हासिल गरेको हुनपर्ने छ ।

Advertisement:

Ad
Ad

त्यस्तै नेपाल सरकारको राजपत्रांकित विशिष्ट श्रेणी वा सो सरहको पदमा कार्य गरेको वा अन्तराष्ट्रिय वा राष्ट्रिय स्तरका बैंक वा वित्तिय संस्था वा सहकारी संस्थामा रही कम्तिमा १४ वर्ष कार्य गरेको अनुभव हुनपर्ने छ ।

सहकारी क्षेत्र विकृति विसंगती देखिएपछि शक्तिशाली प्राधिकरणको अवधारणा सरकारले ल्याएको छ । यो क्षेत्रलाई राम्रो नियमन गर्ने र सक्षम नेतृत्व गर्ने व्यक्तिको आवश्यकता देखिएको छ ।