सरकारी खाताहरुबाट रकम भुक्तानी गर्दा अकाउन्टपेयी चेकमार्फत गर्नुपर्ने, यस्तो छ नयाँ व्यवस्था

२०८२ फागुन १५ गते

सरकारी खाताहरुबाट रकम भुक्तानी गर्दा अकाउन्टपेयी चेकमार्फत गर्नुपर्ने, यस्तो छ नयाँ व्यवस्था

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले सरकारी खाताबाट रकम भुक्तानी गर्दा  नयाँ व्यवस्था गरेको छ । राष्ट्र बैंकले एक निर्देशन जारी गर्दै सरकारी खाताहरुबाट रकम भुक्तानी गर्दा  वित्तीय भुक्तानी प्रणाली वा अकाउन्टपेयी चेक मार्फत गर्नुपर्ने व्यवस्था गरेको हो ।

राष्ट्र बैंकको बैंकिङ विभागले महालेखा नियन्त्रक कार्यालयसहित सबै सरकारी निकाय र बैंक तथा वित्तीय संस्थाहरूलाई परिपत्र गर्दै नयाँ निर्देशन जारी गरेको हो ।

Advertisement:

Ad
Ad

यो सँगै सरकारी चेकमा  नेपाल राष्ट्र बैंक वा वाणिज्य बैंकहरुले खिच्ने चेकको अग्रभागको माथिपट्टीको खाली स्थानमा अनिवार्य रुपमा चेक राइटर, चेक पंच, चेक प्रोटेक्टर वा रिवन राइटर लगाउनु पर्नेछ । यस्तै कार्यालयको नाममा खिचिएका चेक सम्बन्धित कार्यालय आफैले खातामा जम्मा गर्न पठाउँदा सम्बन्धित कार्यालयको प्रष्ट बुझिने छाप चेकको पछाडि अनिवार्य रुपमा लगाएको हुनुपर्नेछ ।

तर सम्बन्धित कार्यालयको लागि अन्य व्यक्ति, फर्म, कम्पनी वा संस्थाले त्यस्तो चेक खातामा जम्मा गरीदिँदा भने छाप लगाउन अनिवार्य हुने छैन । यस्तै क्लियरिङ्ग मार्फत प्राप्त चेकको रकम जसको नाममा चेक खिचिएको हो  उसैको नामको खातामा जम्मा गर्नुपर्नेछ ।

विनिमेय अधिकारपत्र ऐन, २०३४ (संशोधन २०७६) ले “एकाउन्टपेयी” शब्दलाई परिभाषित गरेको छ ।नेपाल राष्ट्र बैंक, एकीकृत निर्देशिका, २०८२ मा कुन कुन कारोबार र कति रकमलाई एकाउन्टपेयी चेक मार्फत भुक्तानी तथा जम्मा गर्ने सम्बन्धी व्यवस्था रहेको  छ ।