२०८१ असार २३ गते
काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले २० हजार कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले यस अघि विद्यमान संस्थापक शेयरधनीहरूका लागि मात्र विक्री खुला गर्दा वितरण हुन नसकेपछि दोस्रो चरणमा सर्वसाधारणले खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।
इच्छुक खरीदकर्ताहरूले आगामी ३५ दिनभित्र यी शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् । यी शेयरको मूल्य विक्रेताले तोके बमोजिम ुहुने जानकारी कम्पनीले दिएको छ । इच्छुक खरीदकर्ताहरूले तोकिएको अवधिभित्र कम्पनीको केन्द्रिय कार्यालय महालक्ष्मीस्थान, ललितपुर वा शेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेडको कार्यालय नक्साल, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।
प्रतिक्रिया