सुनको मूल्य १ लाख ९१ हजार नाघ्यो

२०८२ जेठ २८ गते

सुनको मूल्य १ लाख ९१ हजार नाघ्यो

काठमाडौं । नेपाली बजारमा आज (बुधवार) सुनको मूल्य १ हजार ३ सय रुपैयाँले बढ़ेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाले बढ़ेको हो ।


महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ९० हजार रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement:

Ad
Ad


बुधवार चाँदीको मूल्य भने स्थिर रहेको छ । मंगलवार कारोबार भएको प्रतितोला २ हजार १६५ रुपैयाँमाने बुधवार चाँदी कारोबार भड़रहेको हो । यस दिन प्रति १० ग्राम सुनको मूल्य १ लाख ६४ हजार १० रुपैयाँ र प्रति १० ग्राम चांदीको मूल्य १ हजार ८ सय ५६ रुपैयाँ कायम भएको छ ।