राष्ट्रसंघका महासचिव भन्छन्ः नेपालको अवस्था देखेर चिन्तित छु

२०८२ भदौ २५ गते

राष्ट्रसंघका महासचिव भन्छन्ः नेपालको अवस्था देखेर चिन्तित छु

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले नेपालमा भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।नेपालको पछिल्लो अवस्था नियालिरहेको बताएका उनले हिंसालाई थप बढ्नबाट रोक्न संमय अपनाउन र संवाद गर्न अनुरोध गरेका छन् । 


मानव अधिकार कानूनको पालना गर्न सामाजिक संजालमार्फत आह्वान गर्दै गुटेरसले जीवन र सम्पत्तिको रक्षासहित शान्तिपूर्ण तरिकाले विरोध प्रदर्शन हुनुपर्ने उनको भनाइ छ ।
 

Advertisement:

Ad
Ad