२०८२ साउन ०४ गते
काठमाडौ । रसुवाको ल्हेन्दे खोलामा आएको बाढीका कारण भएको क्षतिको दाबी बीमा कम्पनीहरुमा पर्न थालेको छ । असार २३ गते आएको बाढीका कारण भएको क्षतिको हालसम्म (साउन १) २८ करोड ९२ लाख ६० हजार रुपैयाँ दाबी परेको बीमा प्राधिकरणले जनाएको छ ।
९ वटा बीमा कम्पनीमा ६३ वटा दाबी परेको छ । सामुद्रिक बीमाको दाबी १५ करोड ७० लाख रुपैयाँ भन्दा बढी परेको छ । इन्जिनियरिङ तथा ठेकेदार जोखिम बीमा तर्फ ५ करोड ५५ लाख रुपैयाँ दाबी परेको छ । सम्पत्ति बीमा तर्फ ४ करोड १८ लाख ५० हजार रुपैयाँ दाबी परेको छ भने मोटर बीमा (सार्वजनिकतर्फ ) २ करोड ३१ लाख ५० हजार रुपैयाँ बराबरको दाबी परेको छ ।
यस्तै मोटर बीमा नीजि तर्फ भने १ करोड १७ लाख ५० हजार रुपैयाँ बराबरको दाबी परेको छ । शिखर इन्सुरेन्स, नेको इन्सुरेन्स, सगरमाथा लुम्बिनी इन्सुरेन्स, नेपाल इन्सुरेन्स कम्पनी, सानिमा जिआइसी कम्पनी, आइजिआइ प्रुडेन्यिसल, युनाइटेड अजोड, एनएलजी र सिद्धार्थ इन्सुरेन्समा उक्त दाबी परेको हो । सबैभन्दा धेरै बीमा दाबी शिखर इन्सुरेन्समा परेको छ ।
प्रतिक्रिया