दिल्ली पुगेर अर्थमन्त्रीले भारतीय मिडियामा भने,प्रधानमन्त्री बालेनले यही वर्षको अन्त्यसम्ममा भारतको भ्रमण गर्नेछन्

२०८३ कात्तिक ०७ गते

दिल्ली पुगेर अर्थमन्त्रीले भारतीय मिडियामा भने,प्रधानमन्त्री बालेनले यही वर्षको अन्त्यसम्ममा भारतको भ्रमण गर्नेछन्

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री वालेन्द्र शाह ९बालेन० ले यही वर्षको अन्त्यसम्ममा भारतको भ्रमण गर्न सक्ने बताएका छन्।

शुक्रबार नयाँ दिल्लीमा एनडीटीभीद्वारा आयोजित एनडीटीभी विश्व शिखर सम्मेलनमा उनले उक्त कुरा बताएका हुन्।

Advertisement:

Ad

एनडीटीभी इन्डियाका अनुसार यस क्रममा अर्थमन्त्री वाग्लेले प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशबिचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने बताए। 

अर्थमन्त्री वाग्लेले भारतको नयाँदिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गरेका हुन्।

अन्तर्राष्ट्रिय अतिथि वक्ताका रूपमा बिहीबार नयाँदिल्ली पुगेका उनले समिटअन्तर्गत ‘निकटताबाट समृद्धिस् भारत–नेपाल अवसर’ शीर्षकको विशेष सत्रमा अर्थमन्त्री वाग्लेले सम्बोधन गरेका हुन्। 

अर्थ मन्त्रालयका अनुसार यसअघि अर्थमन्त्री वाग्ले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गरेको एनडीटीभी वर्ल्ड समिटको सत्रमा अतिथिका रूपमा सहभागी भएका थिए।