भोटेकोशी बाढीले क्षति पुगेको समुदायको पुर्नउत्थानको लागि एफआरएलडीले नेपाललाई करिब ३ अर्ब सहयोग गर्ने

२०८३ कात्तिक ०७ गते

भोटेकोशी बाढीले क्षति पुगेको  समुदायको पुर्नउत्थानको लागि  एफआरएलडीले नेपाललाई करिब ३ अर्ब सहयोग गर्ने

काठमाडौं । जलवायुजन्य विपद्का कारण भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको तत्काल राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय हानिनोक्सानी कोष (एफआरएलडी) ले नेपाललाई  सहयोग गर्ने निणेय गरको छ ।

 

Advertisement:

Ad

कोषले २० मिलियन अमेरिकी डलर अर्थात करिब तीन अर्ब नेपाली रुपैयाँ बराबरको अनुदान सहयोग उपलब्ध गराउने निर्णय गरेको हो । कृषि, वन तथा पर्यावरण मन्त्रालयका अनुसार विभिन्न चरणको कूटनीतिक पहल र छलफलपछि सन् २०२६ अक्टोबर २२ (२०८३ कात्तिक ५ गते) बसेको कोषको बोर्डको विशेष बैठकले उक्त सहयोग उपलब्ध गराउने औपचारिक निर्णय गरेको हो ।

 

प्रारम्भिक अध्ययन अनुसार भोटेकोशी बाढीका कारण करिब २.७ अर्ब अमेरिकी डलर बराबरको प्रत्यक्ष आर्थिक क्षति भएको छ भने क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि करिब ४.७ अर्ब अमेरिकी डलर आवश्यक पर्ने अनुमान गरिएको छ । 

 

उक्त विपद्मा परी करिब १ हजार ५ सय जनाले ज्यान गुमाएका छन् भने सयौँ घाइते भएका र ५ हजारभन्दा बढी व्यक्तिहरू अझै बेपत्ता रहेका छन् । यस विपद्बाट १५ हजारभन्दा बढी परिवारका ६० हजारभन्दा बढी नागरिक प्रत्यक्ष प्रभावित भएका छन् ।