रविले भने, 'म भाकल पुरा गर्न भारत हिडेको हो अन्यथा नसोचियोस '

२०८३ कात्तिक ०७ गते

रविले भने, 'म भाकल पुरा गर्न भारत हिडेको हो अन्यथा नसोचियोस '

धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो भारत भ्रमणका बारेमा अन्यथा नसोच्न आग्रह गरेका छन् ।  विशुद्ध व्यक्तिगत र धार्मिक भ्रमणका लागि भारत हिडेको उनले स्पष्ट पारेका छन् ।

 

Advertisement:

Ad

  भारतको उत्तराखण्डस्थित प्रसिद्ध धार्मिक स्थल कैंची धाम (नैनीताल) भ्रमणका क्रममा धनगढी विमानस्थल पुगेका सभापति लामिछानेले पत्रकारहरूसँग कुरा गर्दै यस भ्रमणमा कुनै पनि राजनीतिक प्रयोजन नरहेको स्पष्ट पारेका हुन् ।

 

 सञ्चारकर्मीहरूले भ्रमणको उद्देश्य र राजनीतिक भेटघाटका सम्भावनाबारे राखेको जिज्ञासामा लामिछानेले विशुद्ध व्यक्तिगत र धार्मिक भ्रमण रको सपष्ट पारेका हुन् ।  उनी भन्छन्, म कारागारमा हुँदा नै एउटा भाकल गरिएको थियो, त्यसैलाई पूरा गर्न परिवारसहित जान लागेको हुँ । यसलाई खिचडी नवनाइयोस ।