सस्तोमा खाद्यान्न बिक्री सुरु गरेपछि ताप्लेजुङको खाद्य कम्पनीमा ग्राहकको भीड,चामल मात्रै ७१ लाखको व्यापार

२०८३ कात्तिक ०७ गते

सस्तोमा खाद्यान्न बिक्री सुरु गरेपछि ताप्लेजुङको खाद्य कम्पनीमा ग्राहकको भीड,चामल मात्रै ७१ लाखको व्यापार

ताप्लेजुङ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लिमिटेड ताप्लेजुङले तीन महिनाको अवधिमा एक करोड दई लाखभन्दा बढीको व्यापार गरेको छ ।

साउनदेखि असोजसम्मको अवधिमा एक करोड दुई लाख ७५० रुपियाँको व्यापनर गरेको हो ।

Advertisement:

Ad

गत आर्थिक वर्षमा २०८२–८३ मा एक करोड ६ लाख रुपियाँको खाद्यान्न बिक्री गरेको कम्पनीले चालु आर्थिक वर्ष साउन, भदौ र असोज महिनामात्र एक करोड दुई लाख बढीको खाद्यान्न बिक्री गरेको शाखा प्रमुख प्रकाश तिम्सिनाले बताए ।  तिम्सिनका अनुसार तीन महिनामा अवधिमा कुल एक हजार १८२ क्विन्टल बढी व्यापार गरेको छ । कार्यालयका अनुसार सबैभन्दा बढी जिरा मसिनो चामल ५० लाख ६५ हजार २५ रुपियाँको ५७२ क्विन्टल बिक्री भएको छ । त्यस्तै सोना चामल २० लाख ९० हजार ६२५ रुपियाँको ३४० क्विन्टल बिक्री भएको कार्यालय प्रमुख तिम्सिनाको भनाइ छ ।

ताप्लेजुङमा कम्पनी स्थापना भएको ४८ वर्षपछि खाद्यले चिनी र दाल समेत बिक्री गर्न सुरु गरेको थियो । २४८ दशमलब ५ क्विन्टल चिनी बिक्रीबाट २७ लाख ३५ हजार ५०५ रुपियाँ व्यापार भएको कार्यालयले उल्लेख गरेको छ । यस्तै, २१ दशमलव ५ क्विन्टल दाल बिक्री गरेका छन । दालबाट तीन लाख १३ हजार ५०५ रुपियाँ बराबरको व्यापार गरेको छ ।

चाडपर्वकै समयमा खाद्यले चिनी तथा दाल विशेष छुटमा बिक्री सुरु गरेपछि उपभोक्ताको चाप वृद्धि हुँदा धेरै परिमाणमा खाद्यान्न बिक्री गर्न सफल भएको कार्यालयको भनाइ छ । खाद्यले चिनी प्रतिकिलोग्राम ११० रुपियाँ र दाल प्रतिकिलोग्राम १४५ रुपियाँ निर्धारण गरेको छ ।