बाढी पिडितलाई प्रभु बैंकको २ करोड बढी सहयोग

२०८३ भदौ १७ गते

बाढी पिडितलाई प्रभु बैंकको २ करोड बढी सहयोग

काठमाडौं । प्रभु बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको  बाढीबाट प्रभावित भएकाहरुलाई  २ करोड ११ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

 

Advertisement:

Ad
Ad

उद्धार, राहत तथा पुनस्र्थापनाका लागि  सहयोग पुगोस् भन्ने उद्धेश्यले सरकारलाई प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई चेक हस्तान्तरण गरेका छन् । 

 

उक्त कार्यक्रममा बैंकको तर्फबाट अध्यक्ष किशोर जंङ्ग कार्की, संचालक राजु पौडेल तथा संचालक डा.अम्बिका शर्मा लामिछानेको पनि उपस्थिति रहेको थियो ।बैंक तथा वित्तिय संस्थाहरुले सामाजिक उतरदायित्व अन्र्तगत रहेर भोटेकोशी बाढी प्रभावितलाई धमाधम सहयोग रकम अर्थमन्त्रीलाई हस्तान्तरण गरिरहेका छन् ।