२०८१ असार ०३ गते
काठमाडौं । आन्दोलनरत पेट्रोलियम ढुवानी व्यवसायी र सरकारबीचको छलफलमा सहमति जुटेसँगै आजैदेखि पेट्रोलिमय पदार्थको आपूर्ति सहज हुने भएको छ ।
विभिन्न ७ बुँदे माग राख्दै हडतालमा उत्रिएका नेपाल पेट्रोलियम ट्याङ्कर चालक र सरकारबीच सहमति भएको हो ।
सोमबार दिउँसो सिंहदरबारमा सरकारसँग भएको वार्ता सकारात्मक भएपछि चालकहरू पेट्रोलियम पदार्थको ढुवानी गर्न सहमत भएका हुन् ।
निगममा लामो समयदेखि ट्यांकर चालक मजदुरहरू आवश्यक सेवा सुविधाबिना नै काम गर्न बाध्य रहेको र समस्या समाधानमा सुनुवाइ नभएको लगायत ७ बुँदे माग राखेर चालकहरू हड्तालमा उत्रिएका थिए ।
अत्यावश्यक पेट्रोलियम पदार्थको ढुवानीमा हडताल गरेपछि काठमाडौं उपत्यकाका पेट्रोल पम्पहरूमा सवारी साधनको लामो लाइन लागिरहेको छ । ।
टेम्प्रेचरको सही व्यवस्थापन गरिनु पर्ने, सामाजिक सुरक्षा कोषमा आबद्ध गरिनु पर्ने, ५० लिटरभन्दा बढी नाममा परेको दोब्बर प्रकरण खारेज गरिनु पर्ने, चालक र सहचालकलाई जोखिम भत्ताको व्यवस्था गरिनु पर्ने, चालक तथा सहचालकलाई प्रत्येक ३ महिनामा सुरक्षा सतर्कता तालिमको व्यवस्था गरिनु पर्ने माग समेत गरिएको छ ।
प्रतिक्रिया