२०८२ साउन ०२ गते
काठमाडौं । गायिका एलिना चौहानले अनुहार भरी चोट लागेको तस्बिर सार्वजनिक गरेकी छन् । उनले आफ्नो चरित्रको बचाउका लागि विगत खोतल्न बाध्य भएको भन्दै उक्त तस्बिर सामाजिक सञ्जालमा पोष्ट गरेकी हुन् ।
उनले अष्ट्रेलियामा श्रीमानबाट शारीरिक यातना भोगेको बताउँदै आएकी थिइन् । यसकारण पनि उनको उक्त अनुहारको चोट पूर्वपति विष्णू सापकोटाको कुटाइको कारण लागेको अनुमान गर्न सकिन्छ । पूर्वपति बिष्णु सापकोटाले सामाजिक सञ्जालमा स्टाटस लेखेलगत्तै एलिनाको पनि लामो स्ट्याटस लेख्दै अनुहारमा चोटपटक लागेको तस्बिर सार्वजनिक गरेकी छन् ।
उनले समाजिक सञ्जालमा लेखेकी छन्.....
'हामीबीचको कुरा त आपसी समझदारीमै त्यही दिन सकिएको थियो। तर समाजकै दवाव, सामाजिक सञ्जालको दुरुपयोग, र सतही धारणाले
त्यो सकिएको कुरा फेरि दोहोर्याएर मेरो व्यक्तिगत जीवनमाथि गम्भीर अन्याय गर्यो। म कानुनी प्रक्रियामा जान बाध्य भएँ। म आफ्नो चरित्रको बचाउ गर्न बाध्य भएँ। मैले मेरो विगत खोल्नुपर्यो—त्यो विगत जुन आज मेरो जीवनसँग सम्बन्धित छैन। त्यो सम्बन्धसँग मेरो कुनै दुश्मनी थिएन,
न कुनै बदला लिने सोच।
स्पष्ट भन्न चाहन्छु— यो लडाइँ मेरो व्यक्तिगत मान्छेसँग होइन। यो लडाइँ हो—त्यस मानसिकतासँग, जसले सत्य बोल्ने नारीलाई नै दोषी बनाउँछ। जसले पीडितलाई नै कठघरामा उभ्याउँछ। जब मैले आफ्ना भोगाइहरू सुनाएँ, म माथि फेरि प्रश्नहरू उठाइए—‘किन अहिले?’, ‘किन फेरि?’ तर मलाई थाहा छ—यो देश अझै पनि पुरुषप्रधान सोचमा जकडिएको छ।यहाँ सत्य बोल्नेलाई नै अपराधी बनाइन्छ।अब यो केवल मेरो न्यायको लडाइँ होइन,यो हरेक नेपाली चेलीको आवाज हो।म हरेक कानुनी, सामाजिक र नैतिक बाटो अपनाएर न्यायका लागि अगाडि बढ्नेछु।किनकि म एक्लो भए पनि, सत्य मेरो साथमा छ।
सापकोटाले डिभोर्सपछि पहिलोपटक प्रतिक्रिया दिँदै सामाजिक सञ्जालमार्फत आरोपहरूको खण्डन गरेका छन्। उनले अनावश्यक टिकटक भिडियो र भ्रामक गतिविधिले आफ्नो प्रतिष्ठामा क्षति पुर्याएको भन्दै अष्ट्रेलियामा कानुनी प्रक्रिया अघि बढाएको बताएका छन्।
प्रतिक्रिया