२०८२ भदौ २४ गते
काठमाडौ । कठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले जेनजीलाई संयमित हुन आग्रह गरेका छन् ।
उग्र प्रदर्शनमा उत्रिएका जेनजीहरूलाई बालेनले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा आएपछि अब संयमित हुनुस् भन्दै सामाजिक सञ्जालमार्फत आग्रह गरेका छन् । शाहदे भनेका छन्, ‘तपाईं–हामी अब संयमित हुनु जरुरी छ । अब तपाईंको पुस्ताले नै देशको नेतृत्व गर्नु पर्नेछ,।’
यस्तो छ बालेनको स्ट्याटस
हामीले स्पष्ट रूपमा भनेका थियौं । यो नितान्त Gen Z को आन्दोलन हो ।
प्रिय Gen Z, तपाईंहरूको हत्याराको राजीनामा आइसकेको छ । अब संयमित हुनुहोला !!
देशको जनधनको क्षति भनेको तपाईं हाम्रै सम्पत्तिको क्षति हो ।
तपाईं–हामी अब संयमित हुनु जरुरी छ ।
अब तपाईंको पुस्ताले नै देशको नेतृत्व गर्नु पर्नेछ ।
तयार रहनुहोला !
साथै, सेना प्रमुखसँग वार्ता गर्न पनि तयार हुनुहोला ।
तर याद रहोस् — वार्ता गर्नु अघि संसद् विघटन भएको हुनु पर्छ ।
प्रतिक्रिया