२०८२ साउन १४ गते
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका महानिर्देशक (डिजी) कमलराम जोशीले प्राकृतिक प्रकोपलाई व्यवस्थापन गर्न रोकथाम र निवारणलाई प्राथमिकता दिनु पर्ने बताएका छन् ।
बुधबार विभागले आयोजना गरेको स्तम्भ २ अन्तर्गत अन्तर विश्लेशषण परामर्श कार्यशाला कार्यक्रममा बोल्दै उनले प्राकृतिक प्रकोपलाई व्यवस्थापन गर्न नसके समग्र आर्थिक समृद्धिको लक्ष्य पूरा गर्न नसकिने बताए । उनले भने, ‘हामीले अलिकति रोकथाममा अथवा निवारणमा गएन भने हामी प्राकृतिक प्रकोपलाई व्यवस्थापन गर्न सक्दैनौं र हामीले समग्र आर्थिक समृद्धिको लक्ष्य जुन लिएको छ । त्यो पूरा हुन सक्दैन् ।’
त्यस्तै, उनले बाढी, पहिरो र चट्याङ जस्ता वर्षेनी विपद्को कारण लगानीको प्रतिफल जनताले अनुभूति गर्न नसकेको गुनासो गरे । उनले भने, ‘हामीसँग बाढी, पहिरो, चट्याङ जस्ता अन्य वर्षेनी जस्तो विपद् भइरहन्छ । हामीले बनाएका संरचना खानेपानी सिँचाई हेरौं सडक तथा अन्य संरचना हेर्ने हो भने हामीले गरेको लगानीको प्रतिफल जनताले उपयोग गर्न नपाउँदै विभिन्न विपद्ले पहिले कै ठाउँमा पुर्याउदा नेपालको आर्थतन्त्रले पनि धान्न सकेको छैन् ।’
त्यस्तै, सोही कार्यक्रममा बोल्दै मौसमविद् शान्ति कँडेलले जलवायु परिवर्तनका कारण मौसमी घटनाहरुको पूर्वानुमानमा थप चुनौती थपेको बताईन् । ‘जलवायु परिवर्तनका कारण वृद्धि भएका विषम मौसमी घटनाहरुको पूर्वानुमानमा थप चुनौती थपेको अवस्था छ ।’ उनले भनिन्उनले विगतका वर्षहरुमा भएको बाढीमा न्युन जनधन र मानविय क्षतिको डाटाले पूर्वानुमानको महत्वलाई थप प्रमाणित गरेको धारणा पनि राखिन् ।
प्रतिक्रिया