२०८२ फागुन १२ गते
काठमाडौं । नेपाल राष्ट्र बैंक चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन परिमार्जन गर्दै मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा सार्वजनिक गरेको छ । अब बैंक तथा वित्तीय संस्थाले ऋणीको नगद प्रवाह तथा वित्तीय विवरण विश्लेषणको आधारमा स्थायी चालुपुँजी कर्जा को अवधि निर्धारण गर्न सक्ने व्यवस्था मिलाइनेछ ।
साथै, ऋणीले वर्षको कम्तीमा लगातार ७ दिन चालु पुँजी कर्जाको बक्यौता १० प्रतिशतभन्दा कम गर्नुपर्ने विद्यमान व्यवस्था परिमार्जन गरी ३० प्रतिशतभन्दा कमगर्नु पर्ने व्यवस्था गरिने केन्द्रिय बैंकले भनेको छ ।
यसैगरी बैंक तथा वित्तीय संस्थाले महेन्द्र राजमार्ग र मध्यपहाडी लोकमार्ग विस्तारका कारण विस्थापित उद्यम/व्यवसायहरूमा प्रवाहित कर्जामा न्यूनतम १० प्रतिशत ब्याज असुल गरी २०८३ असार मसान्तसम्म पुनरसंरचना.पुनरतालिकीकरण गर्न सक्ने व्यवस्था मिलाइएको छ ।
बैंक तथा वित्तीय संस्थाले गर्ने नन्डेलिभरेबल फरवार्डमा कायम प्राथमिक पुँजीको २५ प्रतिशतको सीमा वृद्धि गरी ३० प्रतिशत पर्याइएको छ ।
प्रतिक्रिया