आज २५ अर्बको नेपाल राष्ट्र बैंक ऋणपत्र जारी हुँदै, क- कसले पाउछन किन्न ?

२०८३ असार २३ गते

आज २५ अर्बको नेपाल राष्ट्र बैंक ऋणपत्र जारी हुँदै, क- कसले पाउछन किन्न ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज एक वर्षे २५ अर्बको नेपाल राष्ट्र बैंक ऋणपत्र जारी गर्न लागेको छ । नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ ‘ङ’ नाम दिएको ऋणपत्रमा मंगलबार (आज) दिउँसो ३ बजेसम्म अनलाइन प्रणालीमार्फत बोलकबोल गर्न सकिनेछ ।

 

Advertisement:

Ad
Ad

यो ऋणपत्रको साँवा ब्याज भुक्तानी २०८४ असार २३ गते हुनेछ । व्याज भुक्तानी अर्धबार्षक रुपमा भुक्तानी हुनेछ । न्यूनतम  ५ करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सकिनेछ  ।

 

ऋणपत्रको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । बहुब्याजदरमा पनि बोलकबोल गर्न सकिनेछ । ऋणपत्रको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था (काउण्टरपार्टी) मात्र सहभागी हुन पाउने छन् ।  काउण्टरपार्टीले ऋणपत्रका बोलकबोलमा कबोल गर्न चाहेको रकम र ब्याजदर (दशमलव पछिको हकमा ४ अंकसम्म) उल्लेख गर्नु पर्नेछ । आह्वान गरिएको ऋणपत्रको रकम बाँडफाँट गर्दा बोलकबोलको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा राखी आह्वान रकमसम्म वा समितिले निर्धारण गरेको बाँडफाँट रकमसम्मको विन्दुमा कायम हुने ब्याजदरलाई एकल ब्याजदर कायम गरी सोही एकल ब्याजदरमा सो दर र सो दरभन्दा कम बोलवालालाई नेपाल राष्ट्र बैंक ऋणपत्र बिक्री गरिने छ ।

 

यस्तै समान ब्याजदर बोल गर्ने बोलवालाहरूको रकम समावेश गर्दा कुल निष्कासित रकमभन्दा बढी हुने भएमा सो ब्याजदरको रकमलाईसमानुपातिक रूप मा बाँडफाँट गरिनेछ । आह्वान गरिएको बोल रकममध्ये सम्पूर्ण वा आंशिक रकमको बोल स्वीकार वा अस्वीकार गर्ने अधिकार खुला बजार कारोबार सञ्चालन समितिलाई रहनेछ ।

ऋणपत्रको स्वीकृत बोल रकम निष्कासन मितिमा सम्बन्धित काउण्टरपार्टीकोयस बैंकमा रहेकोखाता खर्च गरी जम्मा गरिने छ ।  ऋणपत्र निष्कासन मितिमा काउण्टरपार्टीको खातामा पर्याप्त मौज्दात नभएमा त्यस्ता काउण्टरपार्टीको स्वीकृत बोल रकम रद्द गरी सोको २.५० प्रतिशत दरको हर्जाना सहित ६ महिनासम्म खुला बजार कारोबार तथा ब्याजदर करिडोर अन्तर्गतका कुनै पनि बोलकबोलमा सहभागी हुन बन्देज लगाइनेछ ।