बैंकहरुलाई राष्ट्र बैंकको निर्देशनः कर्मचारीलाई बढी समय काम नलगाउँनु, लगाउनु परे थप पारिश्रमीक दिनु

२०८३ जेठ १० गते

बैंकहरुलाई राष्ट्र बैंकको निर्देशनः कर्मचारीलाई बढी समय काम नलगाउँनु, लगाउनु परे थप पारिश्रमीक दिनु

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थालाई आफ्ना कर्मचारीलाई तोकिए अनुसारकै काम लगाउँन निर्देशन दिएको छ ।

 

Advertisement:

Ad
Ad

केन्द्रिय बैंकले एकिकृत निर्देशन संसोधन गर्दै भनेको छ, 'इजाजतपत्रप्राप्त संस्थाले आफ्ना कर्मचारीलाई प्रचलित कानून तथा यस बैंकको निर्देशन नं. १४ को बुँदा नं. ३. बमोजिम हुने गरी काममा लगाउनु पर्नेछ । कार्यालय समयका अतिरिक्त समयमा काममा खटाउँदा प्रचलितव्यवस्थाबमोजिम अतिरिक्त परिश्रमिक प्रदान गर्ने व्यवस्था मिलाउनु पर्नेछ ।  यस्तै राष्ट्र बैंकले कर्मचारीलाई तोकिएको समय भन्दा बढी काम गर्न बाध्य नपार्न समेत भनेको छ ।'

 

यता केन्द्रीय बैंकले ज्येष्ठ नागरिक, अपाङ्ग र साक्षर नभएका व्यक्तिलाई बैंकिङ सेवामा विशेष प्राथमिकता दिन पनि  बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।बैंक तथा वित्तीय संस्थाले ज्येष्ठ नागरिक, अपाङ्ग र साक्षर नभएका व्यक्तिलाई विशेष प्राथमिकता दिई सहज रुपले बैंकिङ सुविधा उपलब्ध गराउन विशेष काउन्टर तोकी सेवा प्रदान गर्नुपर्ने व्यवस्था गरिएको छ ।

 

त्यसैगरी बैंक तथा वित्तीय संस्थाले एक आपसमा सहकार्य गरी प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा शाखा अपाङ्गमैत्री हुनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।